काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार  अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको  म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको  शब्द रहेको यस गीतलाई   योगेन्द्र उपाध्यायले  संगीतवद्द गरेका हुन्।  कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।
यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्  । म्युजिक भिडियोमा  मोडलद्धय सागर लम्साल र सिम्पल खरेललाई  फिचर्ड  छन् । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाको छायांकन छ ।

मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका  गायक तथा गीतकार निरौलाले यसअघि  ‘हुन्न नभन, ‘अन्तै मबाट’ बोलको म्युजिक भिडियोहरु  सार्वजनिक गरिसकेका  छन्।  साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो  ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस !