चितवन: शहरी बिकास मन्त्री बिक्रम पाण्डेले जनताकाे आबश्यकता अनुसारका बिकासका काम गर्ने बताउनुभएकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेकाे आधारभूत विध्यालय सूर्यपुरकाे ५९ आै बार्षिकाेत्सबलाई आज सम्बाेधन गर्दै उहाँले जनताकाे बिश्वास खेरा जान नदिने गरि काम गर्ने बताउनु भएकाे हाे ।
आफ्नाे कार्यकालमा जनता र राज्यकाे पक्षमा काम गर्ने उहाँकाे भनाई थियाे ।उहाँले भन्नुभयाे “ईमान्दारिताका साथ काम गरेर जनताकाे शिर उच्च वनाउने गरि काम गर्छु ।” कसैलाई काखा र कसैलाई पाखा नलगाई समान दृष्टिले हेरेर बिकासका याेजना अघि वढाउने उहाँले बताउनुभयाे ।
फरक प्रसंगमा बाेल्दै उहाँले सरकारी बिध्यालयहरुलाई नीजि विध्यालयसंग प्रतिश्पर्धी बनाउने गरि काम गर्नु पर्ने समय आएकाे बताउनुभयाे । यसका लागि फरक साेचका साथ बिध्यालयलाई अघिबढाउनु पर्ने उहाँकाे भनाई थियाे ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य गिता गुरुङ, वडा अध्यक्ष श्रीकृष्ण देवकाेटा, विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद लम्साल लगाएतले बाेल्नुभएकाे थियाे ।







