चितवनः कृषि तथा पशुपक्षी बिकास मन्त्री ज्वाला कुमारी साहले कृषि क्षेत्रको बिकासका लागि लक्ष्य सहित काम गर्नुपर्ने बताउनुभएको छ । उद्योग संघ चितवनले आज यहाँ आयोजना गरेको कृषि उद्यमशिलता सम्बन्धी छलफलमा बोल्दै उहाँले कृषि क्षेत्रको बिकासका लागि सबै गम्भिर भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “कृषि क्षेत्रको समस्या दिर्घकालिन रुपमा समाधानका लागि लक्ष्य बनाएर काम गर्न जरुरी रहेको छ ।” हरेक किसानले आफ्नो दिर्घकालिन लक्ष्य वनाएर लाग्न जरुरी रहेको उहाँको भनाई छ । परम्परागत चल्दै आएको कृषि क्षेत्रलाई आधुनिकिकरण, बैज्ञानिकिकरण गर्ने गरि काम गर्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “थोरै लगानीमा आम्दानी वढाउने गरी काम गर्न जरुरी छ ।” कृषकहरुलाई उत्साहीत वनाउने गरी आगामी वर्षको नीति तथा कार्यक्रममा बजेट ल्याउने योजनामा सरकार रहेको उहाँको भनाई थियो । कृषि कर्मका हरेक क्षेत्रमा समस्या रहेको बताउँदै उहाँले यी समस्या समाधानका लागि सबैको हातेमालो हुन जरुरी रहेको बताउनुभयो ।
बजारीकरण सही तरीकाले गर्न सकेमा किसान उत्साहीत वन्ने छन् । किसानको पक्षमा काम गर्न आँफु मन्त्री वनेको बताउँदै साहले अनुदानको काममा दुरुपयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले साना किसानलाई पहिचानको झलक देखाउने गरी अनुदान दिलाउने गरी जान सकेको भए आजको अबस्था आउने थिएन ।”
व्यवसायीहरुलाई कहिले काही नाफा र कहिले काही घाटा हुँदैमा हरेस नहुन उहाँको आग्रह थियो । यो संघर्ष भएको भन्दै उहाँले संघर्षलाई बिजयको रुपमा हेर्नुपर्ने बताउनुभयो । पिडा भित्र पिडा थप्ने काम भईरहेको भन्दै उहाँले पिडालाई समाधान गर्नतर्फ सबै लाग्नुपर्ने आँफुले महशुस गरेको बताउनुभयो । उहाँले थप्नुभयो “पिडा भित्र रमाउने खालका योजना आबश्यक रहेको छ ।” कार्यक्रममा बोल्दै उहाँले नेपालका हरेक नाकामा गैर कानुनी रुपमा भित्रिएका कृषिजन्य वस्तुको चेकजाँचलाई कडाई गरीने बताउनुभयो ।
सो अबसरमा उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कडेंल र बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेल चितवनमा कृषि क्षेत्रका बर्तमान अबस्थाका बारेमा मन्त्री साहलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !