भरतपुर । राष्ट्रगुरू योगी नरहरिनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पीठाधीश श्रीषनाथले नारायणी नदीकिनारमा जारी साङ्ग–विराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञलाई १३०औँ शृङखलाको महायज्ञको मान्यता दिएका छन् ।
नरहरिनाथले १२९औँ शृङखलासम्मको कोटिहोम गरेका थिए । उनको देहवसान भएको १९ वर्षपछि भएको कोटिहोम महायज्ञलाई नरहरिनाथकै १३०औँ शृङ्खलाको महायज्ञको मान्यता दिइएको हो ।
माघ १२ गतेदेखि भएको कोटिहोम महायज्ञको तेस्रोपटक निरीक्षणपछि महायज्ञको संरक्षकसमेत रहेका श्रीषनाथले उक्त मान्यता दिएका हुन् ।
‘योगी नरहरिनाथले १२९औँ शृङ्खलामा पुगेको महायज्ञलाई अगाडि बढाउने संकल्प लिनुभएको थियो । उहाँको उत्तराधिकारी श्रीषनाथ गुरूजीको घोषणापछि कोटिहोम महायज्ञको १३०औँ शृङखलाको मान्याता पाएको छ’, कथा वाचक परशुराम पाण्डेयले भने ।






