चितवनः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले चितवन क्षेत्र नम्बर २ का मतदातालाई अभिभावक बिहिन नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अबिधेशनको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले यस क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त रहेको भन्दै मतदाता संगसंगै काङ्ग्रेस रहेको बताउनुभयो ।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रबि लामिछानेको सांसद पद सर्बोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदै छ । कोईरालाले भन्नुभयो “तपाई मतदाताहरुले फेरी दुःख पाउनु प¥यो । ढुक्क भएर लोकतान्त्रीक शक्तिलाई जिताउने तर्फ तपाईहरु लाग्नुस् ।”

उहाँले अन्य राजनैतिक दलहरुसंग छलफल गरेर राष्ट्रपतिमा काङ्ग्रेसको उम्मेदवारलाई बिजयी गराउने बताउनुभयो । उहाँले भन्नुभयो “सत्ता सिन केही दलहरुले काङ्ग्रेसले भाँजो हाल्न खोज्यो भन्नु भएको छ । हामी संसदको ठूलो दल भएकाले हाम्रो दावि रहन्छ ।” प्रतिपक्षमा रहेर आफ्नो भूमिका खेल्ने उहाँको भनाई थियो । राष्ट्रपतिको निर्बाचनमा काङ्ग्रेसले आफ्नो उम्मेदवारलाई बिजयी गराउने गरी अघि वढेको उहाँले बताउनुभयो । प्रतिपक्षी भनेको गभरमेन्ट इन ओईटिङ् रहेको उहाँको भनाई थियो ।
अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै उहाँले यसलाई कसरी समाधान गर्ने भन्ने बिषमा काङ्ग्रेसमा छलफल भईरहेको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले काङ्ग्रेस सधैं स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “स्वतन्त्र न्यायलय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउन सक्दैन ।” लोकतन्त्र नफस्ट्याए सम्म बिकास सम्भव नभएको उहाँले बताउनुभयो । लोकतन्त्र बचाउन न्यायपालिका र प्रेस जगत स्वतन्त्र हुनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेस जगतमाथि प्रश्न नउठ्ने गरी काम गर्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय संगठन वनाउनु भन्दा गुट बनाउन लागेका कारण काङ्ग्रेस कम्जोर वनेको बताउनुभयो । उहाँले भन्नुभयो “गुट निर्माणमा होईन संगठन निर्माणमा लागौ ।”
अर्का केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेलले कम्जोरी दवाउने काममा प्रेस जगत लाग्न नहुने बताउनुभयो । अहिले देशमा देखिएको समस्या समाधानका लागि पत्रकारहरु एक भएर लाग्नु पर्ने उहाँको भनाई थियो । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले लोकप्रियताको नाममा लोकतन्त्र सिध्याउने खेल सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो “लोकतन्त्र सिध्याउने खेलको बिरुद्ध कलम चलाउन जरुरी छ ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले कुण्ठा पोख्ने नाममा पत्रकार जगत माथि आक्रमण बढेको बताउनुभयो । यस्ता घटनाको निन्दा गर्दै उहाँले त्यस्ता कृयाकलाप प्रति सजग रहन पत्रकारहरुलाई आग्रह गर्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको न्यायका पक्षमा सबै एक भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्ब अध्यक्ष किरण पोख्रेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिब दिलिप पौडेल, नेपाल प्रेस युनियनका संस्थापक शोभाखर पराजुली, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी, नेपाल प्रेस युनियनका पूर्ब बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, दामोदर दवाडी, सामुदायीक रेडीयो प्रकाशक संघका महासचिब किशोर जंग थापा थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगाएतले बोल्नु भएको थियो ।
अबिधेशनमा उपत्यका बाहेकका १० जिल्लाका प्रतिनिधि सहभागी रहेका छन् । अबिधेशनले आजै प्रदेशको नेतृत्व चयन गर्ने प्रेस युनियन चितवनका सचिब प्रस्ताब सुबेदीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !