चितवन:नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतीको कोशिस गरीने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुरा गर्दै उहाँले राष्ट्रिय सहमती नभए राष्ट्रपति निर्बाचनमा मतदान हुने बताउनुभएको हो । कुनै दलको पनि वहुमत नपुग्ने भएकाले राष्ट्रिय सहमतीको प्रयास गरिने उहाँको भनाई छ ।
राष्ट्रपतिको निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी दिने र आफ्नो उम्मेदवारलाई बिजयी गराउने उहाँको भनाई थियो । राष्ट्रपति भनेको संबिधानको रक्षाका लागि भएको भन्दै उहाँले संबिधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपतिमा उम्मेदवारी दिन्छौ र सरकारमा पनि जाँदैनौ ।” हरेक दललाई निर्वाचनमा जानका लागि कसैन कसै संग सहमती गरेर जानु पर्ने बाध्यता रहेको भन्दै उहाँले यस बिषयमा अन्य दलहरु संग समेत कुरा भईरहेको बताउनुभयो ।

उहाँले थप्नुभयो “ माओवादी, एमाले कसको समर्थन हुन्छ कसरी भन्ने । तर समर्थन कसैको नलिईकन त जित्दैनौ ।” संसद बिगठन देखि संबिधानमा नभएका प्राबधानमा टेकेर गरिने कामहरुलाई रोक्न काङ्ग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपति संबिधान भन्दा माथि हुनु हुँदैन ।”
फरक प्रसंगमा बोल्दै उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र हुन नसक्ने बताउनुभयो । लोकतन्त्र बिना बिकास सम्भव नभएको उहाँको भनाई थियो । प्रेस स्वतन्त्रता काङ्ग्रेसका लागि महत्वपूर्ण अंग भएको बताउनुभयो । उहाँले भन्नुभयो “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन । राजनीतिमा शहनशिलता हुनु पर्छ ।” संञ्चार मध्यामको काम खवरदारी गर्ने भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !