
चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पत्रकारहरुलाई भ्रष्टाचारका बिरुद्धमा वम र बाढी हुन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अबसरमा प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो “तपाईहरुको कलम भ्रष्ट्राचारका बिरुद्धमा बम, बाढी हुन सकुन, त्यसरी चलाउनुहोस् ।” अहिले मुलुकको एउटै मुद्धा आर्थिक सम्बृद्धिको भएको भन्दै उहाँले आर्थिक सम्बृद्धिको बाटोमा लियर जाने र गरिबिको अन्त्य गर्ने जिम्मेवारी आयको बताउनुभयो । देशलाई सम्बृद्धिको बाटोमा हिडाउन र गरिबि अन्त्य गर्नका लागि बाधकको रुपमा भ्रष्ट्राचारको पर्खाल रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भ्रष्ट्राचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानु पर्ने छ ।” बिकास र सम्बृद्धिका निम्ती उत्पादनका क्षेत्रमा बिकास गरेर अघि वढ्नुपर्ने समय आएको उहाँको भनाई थियो ।
देशमा राजनैतिक रुपमा धेरै ठूला परिवर्तनहरु भएको भन्दै मन्त्री गिरीले परिवर्तन अनुसार पत्रकारहरुका कलम चल्नु पर्ने बताउनुभयो । परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकारहरु आफ्नो समाचार प्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजाने माध्यम भएको उहाँले बताउनुभयो । सरकारले गरेका कामहरुमा समेत नियमित खवरदारी गर्दै सहि बाटोमा हिडाउने जिम्मेवारी पत्रकारहरुमा रहेको उहाँले बताउनुभयो । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाई राख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुबास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने, नेकपा एमालेका नेता एबं पूर्ब सांसद कृष्णभक्त पोख्रेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रिय समस्य प्रकाशमणी ज्ञवाली, प्रेस चौतारी नेपालका संस्थापक नेताहरु रामबाबु सुवेदी, बिष्णु छिमेकी लगाएतले पत्रकारिता क्षेत्रमा समाजमा पु¥याएको योगदानलाई राज्यले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । प्रेस मैत्री कानुन बनाउन समेत उहाँहरुले सरकारसंग आग्रह गर्नुभएको थियो । सो अबसरमा डा. सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार बिष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम रु २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।