चितवनः चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका सिमसार क्षेत्र संरक्षणमा चुनौति थपिदै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले आज यहाँ आयोजना गरेको विश्व सिमसार दिवस २०२३ को अबसरमा अन्तक्रीया कार्यक्रममा यस्तो जनाईएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्व बिध्यालय जलिय पर्यावरण केन्द्रका प्रा. डा. सुबोध शर्माले निकुञ्ज भित्र रहेका ८३ वटा सिमसार क्षेत्र मध्ये ५८ वटालाई संरक्षणको आबश्यकता रहेको बताउनुभयो । निकुञ्ज भित्र रहेका सिमसार क्षेत्रमध्ये ९ प्रतिशत उत्कृष्ठ रहेका छन् भने ३४ प्रतिशत ठिकै अबस्थामा रहेका छन् । अन्य सिमसार क्षेत्र तत्काल संरक्षण गर्न आबश्यक रहेको उहाँको कार्यपत्रमा उल्लेख छ ।
निकुञ्ज भित्र र मध्यवर्ती क्षेत्रमा रहेका सिमसार क्षेत्रको संरक्षणको कमीका कारण राष्ट्रिय रुपमा संकटमा परेका २७ प्रजातिका चराको बासस्थान, ८५ प्रतिशत लोपोन्मुख स्तनधारी जनावरको बासस्थान खतरामा पर्ने कार्यपत्रमा उल्लेख छ । यस्तै निकुञ्जको सिमसार क्षेत्रमा २४ प्रतिशत संरक्षित बोट बिरुवा र ३१८ वटा वनस्पति रहेका छन् । सिमसार संकटमा पर्दा ती समेत संकटमा पुग्ने उहाँले बताउनु भयो।
मानविय गतिबिधि, प्रदुषण, गेग्रेटिकरणा,माईक्रेनिया लगाएतका कारण सिमसार क्षेत्र संकटमा परेको सो अबसरमा उहाँले जानकारी दिनुभयो । सिमसार क्षेत्रको संरक्षणका लागि युवापुस्तामा जागरण, सार्वजनिक संस्था, दातृ निकाय, स्थानीय नेता, नीजि क्षेत्र, शिक्षकहरु, बैज्ञानिक र सिमसार क्षेत्र संरक्षण अभियान कर्ताहरु एक हुनु पर्ने कार्यपत्रमा उल्लेख छ ।
सन् १९९३ मा सिमसार क्षेत्रमा २७ वटा सुस्म जिवहरु पाईएको भएपनि अहिले ८ हजार ८७२ वटा सुस्म जिवहरु पाईएको शर्माले जानकारी दिनुभयो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले नेपालमा हाल सम्म १० वटा रामसारक्षेत्र सुचिकृत सिमसार क्षेत्र रहेको र सन् २०२४ भित्र थप १० वटा रामसार सूचिमा सूचिकृत गर्नुपर्ने अबस्थामा रहेको वताउनुभयो । सिमसार क्षेत्र संकटापन्न अबस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिमसार क्षेत्रको संरक्षणमा महानगरपालिका लागि परेको बताउनुभयो । स्थानीय सरकार संरक्षणमा लागि परेको उहाँको भनाई थियो । महानगरको क्षेत्रभित्र रहेका सिमसार क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि महानगरपालिका लाग्ने प्रतिवद्वता जनाकारीदिनुभयो । नदि नालाहरु प्रयाप्त भए पनि वर्षातमा समस्या वनाउने गरेको जानकारी दिनुभयो ।
सो अबसरमा बोल्ने बक्ताहरुले नेपालको जैबिक बिभिधता संरक्षणको पर्खाईमा रहेको बताएका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महार्निदेशक डा. महेश्वर ढकालले सिमसार क्षेत्रको महत्व जनमानसमा पु¥र्याउन नसक्दा संरक्षणमा चुनौति थपिएको बताउनुभयो । सिमसार क्षेत्रको प्रदुषण नियन्त्रण र सरसफाईलाई ध्यान दिन सकेमा मात्रै संरक्षणा गर्न सकिने उहाँको भनाइ थियो ।
वन तथा भू संरक्षण बिभागका महानिर्देशक दिनेशमणी त्रिपाठी, बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिब यज्ञनाथ दाहाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु बिभागका उपमहानिर्देशक अजय कार्किले स्थनीय तहमा सिमसार क्षेत्र संरक्षण सम्बन्धि ज्ञानको अभावका कारण समस्या थपिदै गएको बताउनुभयो ।
यसै बिच सिमसार दिवसको अबसरमा चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काईएका २० गोहि राप्ति नदीमा छोडीएको छ । राप्ती नदिमा माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महत्वले गोही छाड्नु भएको हो । आज छाडीएका गोही मध्ये दुईवटा भाले र १८ वटा पोथि गोही रहेका छन् । ती गोही ६ देखि ७ बर्ष उमेरका रहेको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।
यो संगै केन्द्रमा हुर्काईएका १ हजार ७१२ गोहि छाडीएको छ । छोडीएका गोही मध्य राप्ती नदीमा ९९२, नारयणाी नदीमा ४१९, कालिगण्डकीमा ३५, सप्तकोसीमा ११५, कणाली नदीमा ४१, बंबई नदिमा ११० वटा गोही छोडीएको उहाँले जानकारी दिनुभयो । निकुञ्ज बिभागका महानिर्देशकको उपस्थितिमा गोही नदिमा छाडीएको हो ।






