काठमाडौंः गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अष्ट्रेलियाका महासचिब राजु अधिकारीले नेपाल सरकारका प्रधानमन्त्री, पूर्ब प्रधानमन्त्री, नेपाल सरकारका मन्त्री र नेपालका लागि अष्ट्रलियन राजदुत संघ भेट गरी बिभिन्न समस्याका बारेमा अवगत गराउनु भएको छ । अधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालललाई भेट गरी बिभिद पक्षका बारेमा जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्रीसँगको भेटमा अधिकारीले नेपाली श्रमिक अष्ट्रेलिया लैजान विषयमा आफ्नो धारणा राख्नु भएको थियो । उहाँले अष्ट्रेलियास्थित नेपाली राजदुतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नु परेको जानकारी गराउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले श्रमिक लैजाने विषयमा आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले नेपाललेले भोग्नु परेका समस्याका बारेमा बुझेर आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।

बुधबार अधिकारी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटि वोल्कसँग भेट गरी गैरआवासीय नेपाली महासंघले उठाएका सवालहरुका बारेमा उहाँले जानकारी गराउनु भएको थियो ।

भेटका क्रममा अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने बिषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिनु भयो । नेपाली विद्यार्थीहरुले अष्ट्रेलियामा पछिल्लो समय गरेका आत्महत्या र मनोवैज्ञानीक समस्या बढेको भन्दै न्यूनिकरणका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । अष्ट्रेलियाबाट नेपाल पर्यटक भित्र्याउने बिषयमा आवश्यक पहल कदमी र समन्वय गर्न राजदुत वोल्कलाई उहाँले आग्रह गर्नुभयो ।

सो क्रममा राजदुत वोल्कले सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएको र अधिकांश नेपालीमुलका रहेको जानकारी गराउनुभयो । थप पर्यटक भित्र्याउनका लागि गैर आवासीय नेपाली महासंघ र राजदुताबासले भूमिका खेल्न सक्ने बताउनुभयो ।

अधिकारीले अष्ट्रेलियामा नेपाली समुदायले मनोरञ्जन भिसामा गैर कलाकार प्रबेश गरेको र अबैध रुपमा बसेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । यसलाई मानवतस्करीकै रुपमा लिएर कडाई गर्न राजदुत वोल्कलाई आग्रह गर्नुभयो ।

भेटका क्रममा पूर्व प्रधानमन्त्री देउवा र मन्त्री अर्यालले गैर आवासीय नेपाली महासंघका मागहरुका बिषयमा आबश्यक पहल गर्ने बताउनुभयो । मन्त्री अर्यालले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लगायतका देश लैजाने कुरामा आफु सरकारात्मक रहेको भन्दै प्रक्रिया अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !