चितवनः साईकलबाट लडेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ८ का ४८ बर्षिय सुन बहादुर लोप्चन रहेका छन् ।
चित्रसारी मन्दीर नजिकबाट चित्रसारी तर्फ आउँदै गरेको उनको आफ्नै साईकलबाट लडेर आज दिउँसो घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको शब पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको छ ।






