चितवनः यही माघ १३ गते शुक्रबार हुन गईरहेको चितवन जिल्ला अदालत बार एशोसियशन निर्बाचन २०७९ मा दुईवटा समुहले नेतृत्वको दाबी गरेको छ । दाबी गर्नेमा प्रगतिशिल कानुन व्यवसायी, लोकतान्त्रीक कानुन व्यवसायीहरुले सामुहीक नेतृत्वमा दाबी गरेको छ भने स्वतन्त्र पेशागत कानुन व्यवसायी संगठनको तर्फबाट पनि नेतृत्वमा दाबी गरेको छ ।
दुईवटा समुहको गठवन्धनबाट अध्यक्षमा अधिबक्ता खगराज कँडेलको नेतृत्वमा चुनाबी मैदानमा उत्रीएको छ भने स्वतन्त्र पेशागत कानुन व्यवसायीका तर्फबाट अधिबक्ता गजेन्द्र प्रसाद वस्तीको नेतृत्वमा चुनाबी मैदानमा रहेका छन् । चितवन जिल्ला अदालत बार एशोसियशनमा हुने निर्वाचनमा सहसचिब , कार्यसमिति सदस्य र केन्द्रिय प्रतिनिधि सर्बसहमत निर्वाचित भईसकेको भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिब कोषाध्यक्षमा मतदान हुन लागेको हो ।
कँडेलको नेतृत्वमा उपाध्यक्ष खगेश्वर अधिकारी, सचिबमा श्रीराम दवाडी र कोषाध्यक्षमा रमेश काफ्लेले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै वस्तीको नेतृत्वमा उपाध्यक्षमा बद्री गौतम, सचिबमा जनकराम पौडेल र कोषाध्यक्षमा धर्मेन्द्र थापाले आफ्नो उम्मेदवारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !