चितवनः शहरी बिकास मन्त्री बिक्रम पाण्डेले जनताको आशालाई निरास हुन नदीने बताउनुभएको छ । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनता संग गरेका बाचा पुरा हुने गरी काम गर्ने बताउनुभएको हो ।
सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आँफुलाई यो जिम्मेवारी दिएको बताउँदै उहाँले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो “निर्वाचनमा आँफले बोलेका योजना मात्रै होईन ७७ वटै जिल्लामा भईरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार हुन्छ ।” आँफु देशको मन्त्री भएकाले सबै जिल्लामा आफ्नो मन्त्रालयको काम हुने उहाँले बताउनुभयो । आफ्नो मन्त्रालयबाट हुने कामहरु छिटो र फरक तरिकाले हुने उहाँको भनाई छ । उहाँले थप्नुभयो “७७ वटै जिल्लामा भईरहेका योजनाहरु र गर्नुपर्ने योजनाहरु मैले हेरेर त्यसलाई शशक्त रुपमा, छिटो भन्दा छिटो, फरक तरिकाले आज सम्म जसरी चलेको थियो त्यो भन्दा पनि फरक तरिकाले चलाउने लक्ष्यका साथ पार्टीले मलाई जिम्मा दिएको हो ।”
आँफुले मन्त्रालय संहाल्न नपाउँदै स्वार्थ बाझिने मन्त्रालयको जिम्म दिएको भनेर टिक्का टिप्पणीहरु हुने गरेको बताउँदै उहाँले कुनै स्वार्थ नबाझिने बताउनुभयो । उहाँले भन्नुभयो “मैले नेतृत्व गरेको मन्त्रालयमा परिवारले सञ्चालन गरेको व्यवसायले आँफु नेतृत्वमा आईसके पछि केही काम ग¥यो भने पो स्वार्थ बाझिने होल ?” त्यसो नहुने गरी काम गर्ने उहाँले बताउनुभयो । सिट्टा सिचाई योजनामा आँफ्नो कम्पनीलाई राजनैतिक उद्धेश्यका साथ फसाउन खोजिएको भए पनि अदालतबाट सफाई पाई सकेको उहाँले जानकारी दिनुभयो । आँफु अहिले कुनै पनि कम्पनीको प्रमुख नरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले पार्टीको अडान सरकारमा रहेपनि नरहे पनि उही रहेको बताउनुभयो । संघियता राप्रपाले स्विकार नगरेको बताउँदै उहाँले भन्नुभयो “हाम्रा मुद्धा यथावत रहेका छन् । पार्टीको धारणा रोकीदैन ।” संसद भित्रै रहेर आफ्ना मुद्धाहरुलाई उठाईने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !