चितवन: दश वर्षपछि अष्ट्रेलियाबाट घर आउनु भएका पश्चिम चिवनको रामपुरका विष्णु अधिकारीलाई यहाँको सडक सञ्जाल देखेर अनौठो लाग्यो । हिड्नु पर्ने अधिकांश सडक कालोपत्रे देखेपछि उहाँ दङ्ग हुनुभयो । रामपुरबाट गोलाघाट, शिवघाट, पटिहानी, भरतपुर जहाँ जाँदा पनि कालोपत्रे सडक छोड्न नपरेको उहाँले बताउनुभयो ।

उहाँ यस अघि अष्ट्रेलियाबाट आउँदा सडकमा ठूला ठूला खाल्डा पर्दा बसबाट मानिस झरेर बस खाल्टो कटाएर मात्रै फेरी बस चढेको उहाँलाई अनुभव छ । भरतपुरबाट मेघौली जाने सडकका ठाउँठाउँमा ठूला ठूला खाल्डा पर्दा पाँच वर्ष अघिसम्म यो सडक यात्रा गर्नेहरु ठाउँठाउँमा झर्नुपर्ने बाध्यता थियो । अहिले यो सडक पार गर्दै गर्दा आपूm कुन सडकमा छु भन्ने आभास नहुने गरी फराकिलो कालोपत्रे सडक बनेको छ ।

सडक सञ्जाल मात्रै होइन, खानेपानी, पर्यटन, सिंचाई, शिक्षा लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ । झण्डै २० वर्षपछि यो क्षेत्रले जनप्रतिनिधि पाएसँगै विकासको लहर आएको हो । सोही क्षेत्रबाट यस अघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभएको थियो । त्यसो त भरतपुर महानगरपालिकामा प्रमुखमा रेनु दाहाल आएसँगै उहाँको विकास ध्यान पश्चिम चितवनमा केन्द्रीत भएको हो ।

नेपाली कांग्रेसका नेता गुञ्जनगर निवासी विष्णु ढकाल विगत पाँच वर्षमा पश्चिम चितवनमा विकासका धेरै काम भएको बताउनुहुन्छ । उहाँले स्मरण गर्दै भन्नुभयो “गञ्जसिंह गुरुङको घरदेखि तल मेघौलीसम्मको बाटो हिड्दा निकै दुःख हुने गथ्र्याे ।” ढकालकै नेतृत्वमा सडक निर्माणका लागि धेरै पटक डिभिजन सडक कार्यालयमा डेलिगेसन गएको उहाँले स्मरण गर्नुभयो ।

ढकालको भनाईमा सडकसँगै वडा वडामा भूमिगत जलसिंचाई भएका छन् । सबै जसो वडाहरुमा खानेपानी पुगेको छ । पटिहानी, मेघौली, रानीपोखरी, लक्ष्मीनारायण मन्दिर, राईनो कुञ्ज, गोलाघाट, राईनो पार्क लगायतका धेरै ठाउँ पर्यटकीय गन्तव्य बनेको ढकाल बताउनुहुन्छ ।

यससँगै नदी किनारमा बस्नेहरुका लागि सधैं जोखिम बनेको नारायणी नदी तटबन्धनको काम धमाधम भईरहँदा स्थानीयले सुरक्षित बनेको महसुस गरेका छन् । नदी किनारलाई पर्यटकीय मार्गको रुपमा विकास गरिंदै छ ।

तत्कालिन गुञ्जनगर गाउँबिकास समितिका उपाध्यक्ष समेत रहनुभएका ढकाल विद्यालयहरुको भौतिक पूर्बाधार वढेको र स्कूल बसले टाढाका बिद्यार्थी सहजै बिद्यालय पुगेको बताउनुभयो । ढकालले भन्नुभयो “महानगरपालिकामा प्रमुख दाहाल आए पछि पश्चिम चितवनले बिकासको फड्को मारेको छ ।”
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओम लामिछाने पछिल्लो समय बिकासका धेरै काम भएको बताउनुहुन्छ । ग्रामीण क्षेत्रमा बनेका सडक सञ्जालले स्थानीयलाई राहत दिएको उहाँको बुझाई रहेको छ । पछाडी परेको यस क्षेत्र लामो समय पछि आएका जनप्रतिनिधिका कारण बिकास भएको उहाँ बताउनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यस अघि यहाँबाट निर्वाचित भएपछिका सभाहरुमा बोल्ने क्रममा भरतपुरलाई नेपालकै नमुना महानगरको रुपमा बिकास गरेर यसलाई देशव्यापी रुपमा चिनाउने र अभियानलाई बिस्तार गर्ने बताउँने गर्नुभएको छ ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले महानगरमा जनप्रतिनिधि आए संगै बिकासका दृष्ट्रिले आमुल परिवर्तन ल्याउन सकिएको बताउनुभयो । पूर्बाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगाएतका क्षेत्रमा अपेक्षाकृत काम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिगत ५ वर्षको अबधिमा पश्चिम चितवनले मुहार फेर्न सफल भएको छ ।” आम नागरीकलाई प्रत्याभूत हुने गरी काम भएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आँफु निर्वाचित भएर आए पछि ६११ किलो मिटर सडक कालोपत्रे गरेको बताउनुहुन्छ । दोस्रो कार्यकालमा भारी मतले बिजयी हुनुभएकी दाहालले नारायणी नदी तटबन्धनका लागि अरबौंको काम भइरहेको भन्दै यसले नदी नियन्त्रणसँगै तटीय क्षेत्रको सुन्दरता बढ्ने गरी काम हुने बताउनुभयो । उहाँले भन्नुभयो “नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्गको रुपमा विकास गरिंदै छ ।”

महानगरमा रु. चार अर्बभन्दा बढीको खानेपानी योजना केही सम्पन्न भएको र केही अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो “सबै वडामा स्वच्छ पिउने पानी पु¥याउँदै छौं ।” पश्चिम चितवनका सुख्खा क्षेत्रहरुका अधिकांश भागमा भूमिगत सिंचाई प्रणाली मार्फत् सिंचाईको काम गरिएको उहाँ बताउनुहुन्छ । यसले पश्चिम चितवनलाई हराभरा बनाएको तरकारी, तेलहन र खाद्यान्न बालीको उत्पादन बृद्धि भएको उहाँको भनाई छ ।

विद्यालयहरुलाई भौतिक संरचनाले पूर्ण बनाउँदै टाढाबाट विद्यार्थी ल्याउन बस उपलब्ध गराईएको छ । यसले समग्र विद्यालयको शैक्षिक गुणस्तर बढेको उहाँको भनाई छ । महानगरका पर्यटकीय गन्तव्यहरुलाई संघ र प्रदेशका महत्वपूर्ण गन्तव्यमा सूचिकरण गराई यसको पूर्वाधार विकास गराइएको उहाँले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । शिबनगर र सारदानगर हेल्थपोष्टलाई स्तरोन्नती गरि अस्पताल वनाईएको छ ।
बिभिन्न वडाहरुमा सेवा केन्द्र बिस्तार गरी महानगरबासीलाई सहजिकरण गरिएको छ । पश्चिम चितवनलाई पर्यटन केन्द्रको रुपमा बिकास गरिएको छ । चौबिसकोठी–गोलाघाट सडकलाई सहायक राजमार्गको रुपमा सूचिकृत गरिएको छ । हुलाकी सडकलाई स्तरोन्नती गरिएको छ । मेघौली बिमानस्थल स्तरोन्नती गरी नियमित सञ्चालन गर्ने तयारी गरिएको छ । बजारी क्षेत्रमा स्मार्ट लाईट जडान गरी उज्यालो भरतपुर अभियान अगाढी वढाईएको छ ।
कुलोहरु मर्मत गरिएको छ । रामपुरमा त्रिभूवन बिश्वबिद्यालयको आंगिक इन्जिनियरीङ् कलेज सञ्चालनमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस !