चितवनः लागुऔषध र प्रतिवन्धित औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ४ का २४ वर्षिय निर्मल तिमिल्सिना, रत्ननगर नगरपालिका वडा नम्बर ३ का २३ बर्षिय आयुष खनाल, पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नम्बर १ बस्ने २८ वर्षिय महेश कुमार यादब र २९ वर्षिय पप्पुप्रसाद यादब रहेका छन् । तिमिल्सीना र खनाल प्रतिवन्धित औषधि सहित पक्राउ परेका हुन । महेश र पप्पु लागुऔषध सहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितका अनुसार कालिका नगरपालिका वडा नम्बर १ बाट तिमिल्सिना र खनाललाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रतिवन्धित औषधी ट्रमाडोल हाइड्रोक्लोराईड क्याप्सुल ४ हजार ६८० ट्याव्लेट, ट्रमा हाइड्रोक्लोराईड आइपि ५० एम जिको ३ हजार ट्याव्लेट, अनार्गन २५ को १ हजार ९४५ ट्याव्लेट फेला परेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई माघ ७ गते पक्राउ गरी आज सार्बजनिक गरिएको हो । नियन्त्रण गरिएको औषधि र पक्राउ परेका व्यक्तिहरुलाई औषधि ब्यवस्था बिभाग बिरगंज पठाईएको छ ।
यस्तै लागुऔषध बिक्री बितरण कार्यमा संलङ्न यादबहरुलाई राप्ती नगरपालिका वडा नं. ०६ बाट पक्राउ गरिएको छ । उनीहरुको साथबाट लागुऔषध डाईजेपाम–१०६ एम्पुल, फेनार्गन –११२ एम्पुल र नुरफिन– ११२ एम्पुल नियन्त्रणमा लिइएको हो । उनीहरुलाई माघ ६ गते पक्राउ गरी आज सार्बजनिक गरिएको हो । पक्राउ परेका पप्पु र महेशलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसान्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !