चितवनः चितवन राष्ट्रिय निकुञ्जमा तस्करले गैंडा मार्न थालेपछि उच्च सतर्ककता अपनाईएको छ । निकुञ्जमा यही माघ ६ गते चोरी शिकारीले गैंडा मारे पछि निकुञ्जले उच्च सर्तकता अपनाएको हो ।
निकुञ्जका अनुसार बि. सं. २०७८ साल साउन पछि चोरी शकिारीले गैंडा मारेका थिएनन् । यही माघ ६ गते पुनः गैंडा मारिए पछि साबधानी अपनाईएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार निकुञ्जमा शिकारीले गैंडा मार्न थालेपछि उच्च सर्तकता अपनाईएको छ । उहाँका अनुसार निकुञ्ज क्षेत्र भित्र रहेका २२ वटा उपभोक्ता समितिमा रहेका चोरीशिकारी नियन्त्रण इकाईहरुलाई प्रभावकारी रुपले चलायमान वानाउन सुरु गरिएको छ ।
निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि इकाईहरुलाई सक्रिय वनाएको हो । ती इकाईहरुलाई चोरीशिकारी नियन्त्रण सम्बन्धि र तस्करको बिषयमा सचेतना कार्यक्रम सहिच सक्रिय बनाईएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “चोरी शिकारी सम्बन्धि जनचेतना सहित इकाईहरुलाई सक्रिय वनाईएको छ ।”
निकुञ्जमा गैंडा तस्कर वढेपछी यस बिषयमा अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “सेक्टर अनुसार संरक्षणसंग आबद्ध सरोकारवालाहरुका बिच छलफल र सचेतनालाई तिब्र बनाईएको छ ।”सूचना संयन्त्रलाई थप प्रभावकारी वनाउनका लागि गृहकार्य सुरु गरिएको उहाँले बताउनुभयो । गैंडाको बाक्लो बासस्थान रहेको क्षेत्रमा नियमित गस्ति वढाईएको र सो क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा निकुञ्जमा ११ वटा गैंडा मरेका छन् । जस मध्ये ८ वटा गैंडा कालगतिले मरेका हुन भने दुईवटा चोरी शिकारीले मारेका छन् । एउटा गैंडा गाउँ पस्ने समयमा बिद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिनुभयो ।
गैंडा मर्ने क्रम बढे संगै निकुञ्जले वन र वन्यजन्तु सम्बन्धि सुरक्षामा बिशेष काम सुरु गरेको उहाँले बताउनुभयो । निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ वटा पोष्ट रहेका छन् । ती पोष्टहरु मध्य कतिपयमा हात्ती समेत रहेको छ । निकुञ्जमा दैनिक रुपमा पैदल, साईकल, डुङ्गा, हात्ती र गाडीबाट नियमित गस्ति गरिदैं आएको छ । तिवारीका अनुसार अनुसन्धानमा कुकुर समेत प्रयोग गर्ने गरिएको छ । तस्करले गैंडा मारेपछि गस्ति कडाईका साथ गरिएको छ । तस्करीमा संलङ्गन भएकाहरुको खोजि कार्यलाई समेत तिब्रता दिएको उहाँले बताउनुभयो ।
शशस्त्र द्धन्द्धको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटा सम्म गैंडा मारिएका थिए । पछिल्ला वर्षहरुमा चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । पुनः तस्करी शुरु भए पछि यसलाई बिशेष ध्यान दिएर नियन्त्रणको अभियानमा निकुञ्ज प्रशासन लागेको जनाईएको छ । पछिल्लो गणना अनुसार नेपालमा ७५२ वटा एकसिंगे गैंडा रहेका छन् । जस मध्ये ६९४ वटा यस राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !