चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २६ मा एक महिनाको गैंडा मृत अबस्थामा भेटिएको छ । शनिबार आमा संगै रहेको गैंडा पछि मृत अबस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समिति अन्तर्गत नारायणी नदीको पूर्बी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैंडा मृत अबस्थामा भेटिएको हो । भाले बच्चा आमासंगै रहेको अबस्थामा मृत भेटीएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राकृतिक कारणले बच्चा मरेको र कारण खुल्न नसकेको उहाँले जाकारी दिनुभयो । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ वटा गैंडा मृत अबस्थामा भेटिएका छन् । ती मध्ये ८ वटा कालगतीले मरेका हुन । दुई वटा चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा बिद्युतयि करेन्ट लागेर मेरेको हो ।

प्रतिक्रिया दिनुहोस !