चितवन ०८ माघ । दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह भरतपुर–६ देवनगर चितवनको २१ औं वार्षिकोत्सव तथा १५औं साधारणसभा सम्पन्न भएको छ । उपभोक्ता समुहको कार्यालय देवनगर भएको कार्यक्रममा समुहले आज नै ५औं अधिवेशन समेत गरी नयाँ कार्य समिति चयन गर्न लागेको छ ।
उपभोक्ता समुहका अध्यक्ष हिरामणी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा मद्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबैलाई हाथेमालो गरेर अगाडि बढ्नु पर्ने आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णलला श्रेष्ठ लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, संघ संथाका प्रतिनिधि तथा स्थानिय उपभोक्ताहरुले आफ्नो धारण व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय उपभोक्ताहरु समाजसेवी, पत्रकार लगाएत संस्थाको अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !