चितवनः बिद्युतिय धरापमा पारी दुई गैंडा मारीएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र दुई गैंडालाई बिद्युतीय धरापमा पारी मारिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार निकुञ्जको अमलटारी क्षेत्रमा अन्दाजी ४ वर्षको भाले गैंडा मृत अबस्थामा भेटिएको छ । आज दिउँसो १२ः२४ वजे गैंडा मृत अबस्थामा भेटिएको हो । उहाँका अनुसार अन्दाजी ४ वर्षको केटो मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नदि किनारमा मृत अबस्थामा भेटिएको हो । यस गैंडा मरेको बिषयमा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।
यस्तै सोही क्षेत्रमा एउटा गैंडा खाग काटिएको अबस्थामा मृत भेटीएको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर २ भुताह पोष्ट नजिक नारायणी नदिको उत्तर किनारमा १४ वर्षको पोथी गैंडा खाग काटिएको अबस्थामा भेटिएको हो । चोरी शिकारीले सो गैंडा मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस गैंडालाई पनि बिद्युतिय धरापमा पारी मारिएको हो । चोरी शिकारीले मारेको हुन सक्ने अनुमान गरी थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
यी संगै चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्षमा अहिले सम्म दश वटा गैंडा मारेका छन् । आठ वटा गैंडा कालगतीले मरेका हुन भने दूई वटाको अनुसन्धान भईरहेको छ ।






