चितवन: जिल्लामा रहेका पालिकाहरुले स्थानीय तह राष्ट्रपति रनिङ्शिल्ड सुरु गरेका छन् । आज देखि पालिकाहरुले बिभिन्न समयमा प्रतियोगिता सुरु गरेका हुन ।
पालिका स्तरीय राष्ट्रपति रनिङ्शिल्ड अन्तर्गत आज भरतपुर महानगरपालिकाले प्रतियोगिता सुरु गरेको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा महानगर भित्रका ७६ वटा बिद्यालय सहभागी भएका छन् । पाँच बिधामा हुने प्रतियोगितामा छनोट भएका बिद्यार्थीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्डमा सहभागी हुने छन् । एथलेटिक्स, तेकवान्दो, कराते, भलिवल, कबड्डी खेलमा छात्र, छात्रा सहभागी हुने छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै महानगर उपप्रमुख चित्रशेन अधिकारीले राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता खेलाडीको प्रतिभा प्रस्तुत गर्ने थलोको रुपमा रहेको बताउनुभयो । प्रतियोगितालाई महोत्सबको रुपमा लिएर आफ्नो प्रतिभा प्रस्तुत गर्न खेलाडीहरुलाई अनुरोध गर्दै उहाँले प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न अनुरोध गर्नुभयो । पालिकाबाट छनौट भएका खेलाडीहरु राष्ट्रिय स्तरमा समेत खेल्न सक्ने क्षमताका हुने भन्दै उहाँले खेलले मानब स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष बाबुराम रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, नगर खेलकुद किास समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
गुञ्जनगर माध्यामिक बिद्यालयको खैल मैदानमा आज देखि ८ गते सम्म प्रतियोगिता हुने छ । यस्तै माघ ९ गते देखि ११ गते सम्म खैरहनी नगरपालिकाको खैरहनी माध्यामिक बिद्यालयमा, माघ १३ गते देखि १५ गते सम्म राप्ती नगरपालिकाको ब्रमनगर माध्यामिक बिद्यालयमा प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । यस्तै माघ १४ गते देखि १६ गते सम्म रत्ननगर नगरपालिकाको टिकौली खेल मैदान, १७ गते देखि १९ गते सम्म माडी माबिको खेलमैदानमा र २१ गते देखि २३ गते सम्म कालिका नगरपालिकाको शहिद स्मृति क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता हुने छ । इच्छाकामना गाउँपालिकाले अहिले सम्म प्रतियोगिताको निर्णय गरि नसकेको समितिले जनाएको छ ।
हरेक पालिकाबाट छानिएका खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा सहभागीता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस !