चितवनः नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ को समापन गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गर्नुभएको हो । पुस २५ गते बाट सञ्चालनमा आएको महोत्सब आज समापन गरिएको हो ।
महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनुभयो । चितवन महोत्सव जिल्लाकै ब्राण्ड भनेको भन्दै महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु सह्रानीय कुरा भएको थपलियाको भनाइ छ । जिल्ला तथा समग्र प्रदेशकै विकासका लागि आफ्नो मन्त्रालयले योजना बनाएर काम गर्ने मन्त्री थपलियाको भनाइ छ ।
महोत्सव समापन समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले चितवन महोत्सवले अपेक्षित कारोबार भएको बताउनुभयो । कोरोना कहर तथा बैंकको व्याजदरका कारण आर्थिक क्षेत्र सुस्ताएको बेलामा महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत गरेको अध्यक्ष श्रेष्ठको भनाइ ।
महोत्सवमा राखिएका ४५० वटा स्टलहरु रहेका थिए । महोत्सवबाट रु २५ करोड व्यापार हुने तथा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा थियो । महोत्सवको करिब पाँच लाखले अवलोकन गरेका भए पनि व्यापार अपेक्षाअनुसार नै भएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !