चितवनः बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ वटा पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा आज देखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एबं दोस्रो खैरहनी महोत्सव २०७९ को उद्घाटन गर्दै उहाँले प्रदेशलाई आत्मनिर्भर वनाउनका लागि पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “एक पालिका एक क्षेत्रको पकेट वनाउने गरी योजना ल्याउन लागेका छौ ।” कृषि क्षेत्रले आफ्नो स्थान बनाएर आर्थिक गतिबिधिलाई अघि वढाउने गरी कार्यक्रमको तयारी गरिएको उहाँले बताउनुभयो । चितवन सहितका ६ जिल्लामा बिउ उत्पादनका लागि कार्यक्रम ल्याईन्छ उहाँले भन्न्ुभयो । लगानीको मोडल परिवर्तन गर्न नसक्दा आत्मनिर्भर हुन नसकेको उहाँको भनाई थियो । अहिलेको व्यापार घाटा घटाउने बिषय चुनौतिको बिषय रहेको भन्दै उहाँले उत्पादन मुखि उद्योगमा जोड दिनु पर्ने बताउनुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जिल्लाको आर्थिक, सामाजीक रुपान्तरणमा महोत्सव कोशेढुङ्गा साबित बन्ने बताउनुभयो । चितवन कृषि उत्पादनका लागि महत्वपूर्ण जिल्ला रहेको बताउँदै उहाँले कृषिजन्य उत्पादको वजार ब्यवस्थापन गर्न प्रदेश सरकार लाग्ने प्रतिवद्वता जनाउनुभयो । अहिले अन्तर्राष्ट्रिय बजारमा समेत अर्थतन्त्र खस्किदै गएको अबस्थामा यहाँका व्यवसायीहरुमा समेत त्यसको प्रभाव परेको बताउँदै उहाँले अहिलेको समस्या समाधान गर्न प्रदेश सरकार छलफलमा रहेको बताउनुभयो । बागमती प्रदेश सरकार नीतिगत स्थिरता वनाउँदै लगानी मैत्री वातावरण वनाउन लागि पर्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
माघ १५ गते सम्म सञ्चालन हुने महोत्सबमा २५० स्टल रहेका छन् । ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा रु ७ करोडको कारोवार हुने अनुमान आयोजकको रहेको छ । उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष एबं महोत्सवका संयोजक दिपेन श्रेष्ठले पछिल्लो समयमा औधोगिक क्षेत्रमा देखिएको समस्याका बारेमा जानकारी गरनउनु भएको थियो । आर्थिक तरलताका कमरण देखिएको समस्या समाधानका लागि सरकारले ध्यान दिनु पर्ने उहाँले बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य उत्तम जोशी र उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले अहिलेको व्यापार घाटा रोक्न सरकारले काम गर्नु पर्ने बताउनुभयो । व्यापार घाटाका कारण ब्यवसाय क्षेत्रमा देखिएकने समस्या बढ्दै गएको उहाँहरुले बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमालेका जगन्नाथ आचार्य, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, राप्रपाका जिल्ला अध्यक्ष रूद्र ढकाल, खैरहनी नगरपालिकाका प्रमुख शशी खनिया, उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, उद्योग बाणिज्य संघ कृतिपुरकी अध्यक्ष राज्यलक्ष्मी शाक्य लगाएतले बोल्नुभएको थियो । महोत्सव सुरु हुनु अघि खैरहनी नगरपालिकाको खैरहनी माध्यामिक बिध्यालयबाट सुरु भएको झाकी महोत्सव स्थल लदरी खोला किनारमा पुगि उद्घाटन सत्रमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !