चितवन: जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि आएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको हो ।
केन्द्रका सूचना अधिकारी मिन वहादुर पुन मगरका अनुसार जिल्लामा यस वर्ष दुई सय मेट्रिकटनले सुन्तला उत्पादनमा बृद्धि भएको हो । उहाँका अनुसार यस वर्ष १ हजार ३७ दशमलब ५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाको पहाडी क्षेत्रमा १२५ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिर्दै आईएको छ । सोही क्षेत्रफलमा गत वर्ष ८३७ दशमलब ५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

कार्यालयका अनुसार आर्थिब वर्ष २०७७÷०७८ मा ९५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका वडा नम्बर २९ मा सुन्तला खेति हुने गरेको छ । यस वर्ष उत्पादन बढ्नुमा नयाँ रोपेका बोटहरुले उत्पादन दिन सुरु गर्नु, कृषकले सुन्तला बगैंचामा राम्रो हेरचाहा र मलजल गर्नुका कारण रहेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अघिल्ला वर्षहरुमा सिचाईको अभाव, बगैंचा व्यवस्थापपनको कमी र पुराना बोटहरु हुनु थियो ।” अहिले सुन्तलाका लागि उपयुक्त सिजन भएका कारणले समेत उत्पादन बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !