चितवनः उपप्रधान एबं गृहमन्त्री रबि लामिछानेले थारु समुदायको उत्थानका लागि आँफु लागि पर्ने बताउनुभएको छ । पूर्बी चितवनको खैरहनीमा आज देखि सुरु भएको आठौं खिचरा महोत्सबको उद्घाटन गर्दै उहाँले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “थारु समुदायको उत्थान, बिकास र मुद्धामा ध्यान र बिबेक पु¥याउने छु ।”
थारु समदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सब आबश्यक पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको बिषयमा सिक्नु पर्छ ।” थारु संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको उहाँले बताउनुभयो । आँफुलाई जनताले दिएको जिम्मेवारीलाई परा गर्नका लागि लागि रहने उहाँको भनाई छ । जनताको दिएको जिम्मेवारी पुरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारु समुदायको उत्थानमा लाग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्ब अहिले सबै समुदायको साझा बन्न सफल भएको बताउनुभयो । माघि पर्ब अहिले सार्बजनिक शिक्षालयको रुपमा अघि वढेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “यस महोत्सबले चितवनको बृहत हितमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिएको छु ।” बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको बिकासका लागि पर्यटनलाई पूर्बाधारसंग जोड्दै अघि वढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनमा प्रमुख नारायण प्रसाद अधिकारी, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य बिष्णुकुमारी चौधरी, नेपाली काङ्ग्रेस खैरहनी नगरपालिका सभापति गुणराज श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष पूर्ण वहादुर डल्लाकोटी, माओवादी केन्द्रका नगर अध्यक्ष रामेश्वर पोख्रेल, राप्रपाका देवराज कडेंल लगाएतले बोल्नुभएको थियो ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अबसरमा महोत्सब गर्दै आएको छ । आज देखि माघ ४ गते सम्म महोत्सब सञ्चालन हुने छ । महोत्सब मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिईएको छ । थारुको बसोवास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवबाट थारु जाति र थारु जातिको भेषभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।
महोत्सबमा ३० वटा होटल सहित १५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सबमा कृषि प्रवद्र्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ ।
यसै बिच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिनुभएको छ । पोल्ट्री व्यवसायीहरुले आज यहाँ आयोजना गरेको छलफलमा बोल्दै लामिछानेले जिल्लाका सुरक्षा निकायहरुलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिनुभएको हो । व्यवसायीहरुले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले आफूहरुको व्यवसायमा संकट उत्पन्न भएको भन्दै त्यता तिर ध्यान दिन अनुरोध गरेका थिए । छलफल कार्यक्रमबाटै लामिछानेले नेपालगन्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिनुभएको हो ।
गृहमनत्री लामिछानेले आजै उद्योग संघ चितवनले यहाँ आयोजना गरेको उद्योग क्षेत्रमा देखिएका बर्तमान र औद्योगीक बिकासका लागि सरकार संगको अपेक्षा बिषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै समस्याको निकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । सो अबसरमा मन्त्री लामिछानेले उपप्रधान एबं अर्थ मन्त्री बिष्णु पौडेललाई टेलिफोन गरी आउँदो सोमबार उद्योगीहरुको समस्याको बिषयमा निर्णायक छलफल गर्ने गरी कार्यक्रम तय गर्नुभयो । आँफु यसै क्षेत्रको जननिर्वाचित सांसद भएकाले यहाँका उद्योगी व्यवसायीको समस्याको समाधान गर्ने जिम्मेवारी आफ्नो भएको उहाँले बताउनुभयो । सो अवसरमा उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कडेंल, बरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने र उपाध्यक्ष युगराज वस्तीले उद्योगीहरुले अहिले झेल्नु परेको समस्याका बारेमा अवगत गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !