पुस २८- साम्राज्ञी शाह र पुष्प खड्का  स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को रेडकार्पेट प्रिमियर चितवनमा गरिएको छ । सिनेप्लेक्स हलमा आयोजित प्रिमियरमा साम्राज्ञी र पुष्प खड्का आकर्षणको केन्द्र बने । निम्तालु दर्शकको खचाखच उपस्थिति रहेको प्रिमियर समारोहमा साम्राज्ञी स्टाइलिस पहिरनमा उपस्थित थिइन् भने पुष्प रातो कोटमा ह्याण्डसम देखिए ।

अभिनेता सन्दीप क्षेत्री र निर्देशक तथा निर्माता रमेश एमके पौडेल प्रिमियरमा सहभागी थिए । प्रिमियरअघि ‘तिम्रो मेरो साथ’ टिमले नारायणगढमा आयोजित चितवन महोत्सवमा समेत भाग लिएको थियो । फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया गरेको निर्देशक पौडेलले जानकारी दिए । टिकट किनेरै प्रिमियरमा फिल्म हेर्न पुगेका स्थानीय संघसंस्थाका प्रतिनिधिले फिल्मलाई प्रशंसा गरेको उनले जनाए । प्रिमियरमा युवादेखि वृद्ध दर्शकसमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !