चितवनः चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जंगली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मंसिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक बृद्धाको ज्यान लिए पछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार पुस ३ गते देखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राबिधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जबाट बाहिर निस्किएर अन्य मानबीय क्षती गर्न सक्ने आशंकामा उसलाई प्राबिधिक टोलीले औषधि दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गोबिन्दे हिंस्रक होइन । तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौ ।” अहिले गोविन्दे मात चढेको अबस्थामा नरहेको उहाँले जानकारी दिनुभयो । पुस २० गते सम्म बसेको सो प्राबिधिक टोलीले सोही क्षेत्रमा घाईते बाघ रहेको आशंका गरेको थियो ।
त्यसको पहिचान र हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडीक्यामेरा प्रयोग गरिएको थियो । सोही क्रममा हात्तीलाई औषधि दिईएको हो । बाघ भने सो क्षेत्रमा नदेखिएको उहाँले जानकारी दिनुभयो ।






