चितवनः नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १ बस्ने ४२ बर्षिया गंगा तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको कोठाबाट रु १ हजारका १३७ थान खोटा मुद्रा बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकी तामाङ्को कोठाबाट भेटिएका मुद्र नक्कली भएको उहाँले बताउनुभयो । उनलाई मुद्रा सम्बन्धि कसूरमा म्याद थप गरि अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।






