चितवनः चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैंडा मृत अबस्थामा फेला परेको छ । यस क्षेत्र अन्तर्गत कुजौली रेन्जपोष्ट नजिक पोथी गैंडा मृत भेटिएको हो ।
गैंडा मृत अबस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी १८ वर्षको गैंडा मृत अबस्थामा भेटिएको हो । गैंडा बुढोभएर मरेको उहाँले जानकारी दिनुभयो । निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षमा सातवटा गैंडा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस !