चितवनः चितवनको गौरब र गरिमामय प्रस्तुतीको रुपमा रहेको चितवन महोत्सबको आजबाट सुरु भएको छ । महोत्सबको बागमती प्रदेश सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठले एक समारोहका बिच उद्घाटन गर्नुभयो ।
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ को उद्घाटन गर्दै उहाँले बागमती प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा रहेको बताउनुभयो । प्रदेश सरकारले उद्योग व्यवसाय प्रबर्धनका लागि बिभिन्न कार्यक्रमहरु संञ्चालन गरेको बताउँदै उहाँले उद्योग क्षेत्रमा अहिले देखिएका समस्याहरुको समाधानका लागि पनि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “साना, मझौला र हस्तकला उद्योगहरुबाट पनि आत्मनिर्भर वन्न सकीने भएकाले यस्तो उद्योग सहित ठूला उद्योगहरुको पक्षमा बागमती प्रदेश सरकार रहेको छ ।” अहिले बजारमा देखिएको तरलताको समाधान गर्नका लागि आँफुले सक्दो पहल गर्ने उहाँले बताउनुभयो । मेला महोत्सबहरुले आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै उहाँले भन्नुभयो “बजारमा आर्थिक संकट देखिएको समयमा हुने मेला महोत्सबले केही राहत दिन्छ ।” नेपालमा रहेका उद्योगहरुको प्रबद्र्धनमा मेला महोत्सब कोसेढुङ्गा साबित हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर पालिका प्रमुख रेनु दाहालले मेला महोत्सबले समग्र जिल्लाको बिकासमा सहयोग पु¥याउने बताउनुभयो । यस्ता मेला महोत्सबले आर्थिक गतिबिधि चलायमान हुने उहाँको भनाई थियो । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समयमा नेपालमा देखिएको आर्थिक तरलताले उद्योग, व्यावसाय धरासायी वन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको समयमा सरकारले सोच्नु पर्ने हो ।” संसार भर अर्थतन्त्र जटिल वन्दै गएको अबस्थामा सरकार कठोर वन्दै जानुले व्यवसायी समस्यामा परेको उहाँको भनाई थियो । राज्यको नीतिगत स्थिरता नहुँदा लगानीको बातावरण बन्न नसकेको उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले आर्थिक सुधारका लागि मेला महोत्सब आबश्यक रहेको बताएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिब कृष्ण प्रसाद भूषाल, नेकपा समाजबादीका जिल्ला उपाध्यक्ष अरुणपिडित भण्डारी, जसपाका जिल्ला सचिब मुस्तफा अली लगाएतले बोल्नु भएको थियो ।
आज देखि सुरु भएर महोत्सब माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहेको श्रेष्ठले बताउनुभयो । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारी सहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ ।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।
त्यसैगरी महोत्सव अन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ । चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनुभयो । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।






