चितवन: प्राकृति श्रोत साधनको अबैध दोहन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ४३५ ट्याक्टर नदी जन्य पदार्थ सहीत १२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार प्राकृतिक श्रोत साधन अबैध दोहन गर्नेहरुलाई बुधबार नियन्त्रणमा लिइएको हो ।
उहाँका अनुसार पूर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ बाट २२५ ट्याक्टर अबैध नदीजन्य वस्तु उत्खनन् गरी डम्पिङ गरि राखेको र अबैध रुपमा नदिजन्य पदार्थ ल्याएको अवस्थामा ना ५ त ७०१३, ना ६ त ९६६० र प्रदेश २ –०३–००१ त २६२२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिईएको हो । यस्तै अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबी, टिपर ६ वटा, ट्याक्टर ५ वटा नियन्त्रणमा लिइएको छ ।
पुस १९ गते मंगलबार समेत २१० ट्याक्टर नदीजन्य पदार्थ र सवारी साधन नियन्त्रणमा लिएको थियो । सो दिन उत्खनन् गर्ने जेसिबि १, टिपर–६, ट्याक्टर २, अबैध रुपमा डम्पिङ गरी राखिएको नदिजन्य पदार्थ नियन्त्रण गरिएको हो ।






