चितवनः पूर्बी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षती पुगेको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा चौबिसकोठी चोक स्थित अनुष्का सुनचाँदी ज्वेयलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो ।
आज बिहान ३ः४० वजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार आगलागी बिहान ४ः१५ वजे पनेपाल प्रहरी, दमकल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिईएको थियो । आगलागीको बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।






