चितवनः बौलाहा कुकुरले टोक्दा २५ जना घाईते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउमा बौलाहा कुकुरले उनीहरु घाईते भएका हुन ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ३ अन्तरगत माझगाउ, नागदह, ढाप, चिसापनीमा बहुलाह कुकुरले आतंक मच्चाएको हो । घरमा काम गरिरहेको र बाटोमा हिडिरहेको अवस्थामा बहुला कुकुरले टोकेको हो ।
गाउँपालिका उपाध्यक्ष मायाँ शिलवालका अनुसार दुई घण्टाको बिचमा बौलाहा कुकुरले टोकेर उनीहरु घाईते भएका हुन । घाईते मध्ये २० जनाको कुरिन्टा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ भने गम्भिर किसिमका घाईते ५ जनाको थप उपचार भरतपुर अस्पतालमा भईरहेको उहाँले जानकारी दिनुभयो । बौलाहा कुकुरले टोकेको खवर आए संगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परिक्षणका लागि पठाईएको उहाँले जानकारी दिनुभयो ।
बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो ।





