१३ पुस, हिजोको देशभर चिसो अझै बढ्नेछ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । केही दिनमै कमजोर प्रकृतिको नयाँ पश्चिमी प्रणाली भित्रिने छ । तर त्यसले खासै प्रभाव नपर्ने मौसमविद बताउँछन् । मौसमविदका अनुसार तत्काल अहिले पानी पर्ने सम्भावना पनि छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिम तराईका धेरै स्थानहरुका साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । यो हुस्सु कुहिरो दिउँसोपख हट्दै जानेछ ।






