काठमाडौंः नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे छ । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित हुनुभएकाे हाे ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिनुभयाे ।

निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !