चितवन: भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा माईक्रो बस दुर्घटना हुँदा छ जना घाईते भएका छन् । नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेकाे बा २ ख २८२९ नम्बरकाे माईक्रो आज बिहान दुर्घटना भएकाे हाे ।
अनियन्त्रित भई दुर्घटना हुँदा माईक्रोमा सवार १७ जना मध्य ६ जना घाईते भएका हुन् । घाईते सबैकाे चितवन मेडिकल कलेजमा उपचार भईरहेकाे छ । घाईते सबैकाे अबस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । माईक्रो घटना स्थलमा रहेकाे छ ।






