चितवनः शान्तिपूर्ण एबं सुरक्षित समाजका लागि यहाँका स्थानीय तहका बिद्यार्थीहरुलाई नेपाल प्रहरीले पालिकाको सहकार्यमा पाठ्य सामग्री तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चेतना मूलक बिद्यालय पाठ्य सामाग्री २०७९ तयार गरि जिल्लाका सातै पालिकासंग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गरेको हो ।
बि. सं. २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासंग सम्झौता गरेर पाठ्यसामग्री बिद्यालयहरुमा सुरु गरिएकोमा आईतबार इच्छाकामना गाउँपालिकासंग सम्झौता गरि जिल्लाभर पु¥याएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार ती पाठ्य सामग्री केही परिमार्जन गर्दै सम्बन्धित पालिका र जिल्ला प्रहरी कार्यालयको साझेदारीमा छपाई गरेर बाँढीएको हो ।
जिल्लाका सबै बिद्यालयमा पुग्ने गरि पाठ्य सामाग्री व्यवस्थापन गरिदैं छ । पाठ्य सामग्रीमा लागुऔषध दुव्र्यसनी, धुम्रपान, मध्यपान, साईबर अपराध र उजुरी गर्ने तरीका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिका बिरुद्ध हुने अपराधहरु समाबेश गरिएको छ । अधिकारीका अनुसार पुस्तकमा सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यबिधि, करणी सम्बन्धि कसुर, ट्राफिक सचेतना, बिपद, जोखिम र न्यूनिकरणका उपायहरु, आत्महत्याका संकेत र बचाउने उपायहरु, घटना स्थलको सुरक्षा र अपराध तथ्याङ्क पद्धतीका बारेमा पुस्तकमा सामग्री राखिएको छ ।
घटना हुनै नदिन रोकथाम गर्ने उपायहरु, असल मानिसका कर्तव्य र जिम्मेवारीहरु, चितवन जिल्लामा प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यमहरु, आत्मरक्षा र बच्ने उपायहरु, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायहरुका बारेमा बिद्यार्थीले बुझ्ने गरि पाठ्यसामाग्री तयार गरिएको अधिकारीले बताउनुभयो । स्थानीय तह–प्रहरी–बिद्यालय सम्पर्क कार्यक्रम सञ्चालनका लागि यो पाठ्यपुस्तक सहित प्रहरीहरु समुदायको माझमा पुगेको उहाँले बताउनुभयो ।
शैक्षिक संस्थाहरुको बिचमा संस्थागत साझेदारी निर्माण गर्ने उद्धेश्यले पाठ्यक्रम तयार गरि कार्यक्रम अघि वढाईएको अधिकारीको भनाई रहेको छ । बालबालिकालाई अपराध उन्मुख हुनबाट तथा पिडित हुनबाट जोगाउन सामुदायीक सेवा र सुरक्षाको भावना अभिबृद्धि गर्नुका साथै असल र जिम्मेवार नागरिकका रुपमा बिकास गर्नका लागि यो अबधारणा अघि सारिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अब जिल्लाका सबै बिद्यालयहरु मार्फत बिद्यार्थीमा चेतनामूलक पाठ्यसामाग्री पुग्ने छन् ।
धेरै जसो हिंसाको चपेटामा स्कुल र क्याम्पसका किशोरकिशोरी हुने गरेको भन्दै उहाँले यो कार्यक्रम प्रभावकारी वन्ने बताउनुभयो । जिल्लाका सात पालिकामा ३३८ सामुदायीक बिद्यालय रहेका छन् । यस्तै १६६ संस्थागत बिद्यालय रहेका छन् । ती मध्ये सामुदायीक बिद्यालयमा ९६ हजार ५८६ र संस्थागत बिद्यालयमा ८१ हजार ४८ बिद्यार्थी अध्ययनरत रहेका छन् । ठूला बिद्यार्थीहरु यो पाठ्यक्रमबाट प्रत्यक्ष लाभाज्न्बित हुने छन् ।
साइबर अपराध, यौन हिंसा, लागूऔषध जस्ता अपराधहरू समाजमा बढ्दो क्रममा रहेको र यसमा किशोरकिशोरीहरू बढी प्रभावित भए पछि कार्यालयले पाठ्यसामग्रीनै तयार पारेको हो । आईतबार इच्छाकामना गाउँपालिकामा पाठ्यपुस्तक हस्तान्तरण पछि बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अपराध बढ्दा विद्यालय शिक्षाबाट त्यसलाई कम गर्न सकिने बताउनुभयो । उहाँले हाल तयार गरिएको पाठ्यसामग्री समाज र देशको सम्पत्ती भएको भन्दै देशभर सन्देश प्रबाह गर्न अनुरोध गर्नुभयो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले भौतिक पूर्वाधारमा जोड दिने कार्यसँगै समाजको चरित्र सुधार्ने काममा पनि लाग्नुपर्ने बताउनुभयो । सबैले हातेमालो गरेर अघि वढेमा समाजमा अपराध रोक्न सकिने भन्दै उहाँले पुस्तक कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
कार्यक्रममा सर्वशान्ति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासु सिलवाल, त्रिवेणी बराह माविका प्रधानअध्यापक युवराज लामा, महिला अधिकार कर्मी मिना खरेल लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !