तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । खाल्डो पुरेर सडक सञ्चालनमा ल्याउने प्रयास भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।






