चितवनमा रहेको लक्की मिडिया हाउसलाई सम्मान गरिएको छ । काठमाण्डौमा भएको भब्य नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको “चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९” मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । मोफसलमा रहेर नेपाली चलचित्र उधोगको प्रचार प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको संस्थाको रुपमा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । लक्की मिडिया हाउस चितवनको महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !