चितवन: मोटरसाईकल चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का १८ बर्षिय होम कुमार गुरुङ र ३७ वर्षिय सुनिल मगर रहेका छन् । यस्तै नवलपरासी (सुस्ता पूर्ब) बुलिङ्टार गाउपालिका वडा नम्बर ५ घर भई हाल कावासोती नगरपालिका वडा नम्बर २ मा बस्ने २४ वर्षिय यमकुमार थापा, कावासोती नगरपालिका वडा नम्बर ४ का २७ वर्षिय यम बहादुर सारु मगर र गैंडाकोट नगरपालिका वडा नम्बर ११ बस्ने २६ वर्षिय लाल कुमार आले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आईतबार बेलुका ८ वजे पक्राउ गरिएको हो । उनीहरुको साथबाट ना.५१.प. ५८१७ नम्बर प्लेट भएको सेतो रङको एन.एस. मोटरसाईलक १ थान, प्रदेश ०३–०३–००१ प ७३०२ नं. को रातो÷कालो २२० पल्सर मोटरसाईकल थान, प्र.२–०३–००१ प ५८६४ नं. प्लेट रहेको सेतो कलरको डुक कम्पनिको मोटरसाईक १ थान बरामत गरीएको छ । यस्तै प्र.३–०२–००८प ०३९८ नं. भएको रातो कलरको एनएस मोटरसाईक १ थान, लु ४४ प ७७४२ नं. को प्लेट रहेको निलो कलरको २२० सिसिको पल्सर मोटरसाईकल १ थान र लक तोड्ने औजार १ थान बरामत गरिएको पण्डितले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका सम्बन्धि कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।






