चितवनः जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं. ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना बिदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक जना बिदेशी नागरिक सहित दुईजना जना घाइते भएका छन् । आज बिहान १०ः१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।  मृत्यु हुनेमा जर्मनका नागरीक ६० वर्षिय मिचेल मेयर ओलबर्षलेबेन Michael Meyer Olbersleben रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।

नारायणगढबाट काठमांडौ जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङ्बाट मुग्लिन तर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको पिकअप गाडी ठक्कर खाएको हो । ठक्कर खाएका दुबै सवारी साधन सडकबाट ५० मिटर तल खसेका छन् । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक बिदेशी नागरिक र पिकअप गाडी सवार एक जना घाईते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडी सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ ।

पिकअप गाडीमा सवार तीन जना मध्ये धादिङ्को गल्छी गाउँपालिका ५ बस्ने ७३ वर्षिय बिरवहादुर तामाङ् घाईते भएका छन् । घाईते दुबैको चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनएको छ ।

प्रतिक्रिया दिनुहोस !