चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षिय सन्त वहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता बिजयाराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नम्बरको ट्रिपर अनियन्त्रीत भई पल्टिदा ट्रिपरका चालक राईको मृत्यु भएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुल बाट २० मिटर तल तुईन खोलामा ट्रिपर खसेको उहाँले जानकारी दिनुभयो । दुर्घटना आज बिहान भएको हो ।

प्रतिक्रिया दिनुहोस !