चितवनः जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि निःशुल्क यातायात सेवा सुरु गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका बिद्यार्थीहरुको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरे संगै यसलाई कार्यान्वयनमा ल्याईएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिका भित्र वसोबास गरेर उच्च शिक्षा हाँसील गर्ने विपन्न वर्गका बिद्यार्थीहरुलाई सार्बजनिक यातायातमा निःशुल्क गरिएको हो । यसका लागि यातायात व्यवसायीहरुसंग सम्झौता भई कार्यान्वयनमा ल्याईएको उहाँले बताउनुभयो । अहिले पालिकाले विपन्न वर्गका बिद्यार्थीहरुका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट बञ्चित बन्नु नपरोस भनेर यो कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो । माडी क्याम्पस बसन्तपुर, दिवाकर स्मृति बहुप्राबिधिक बिद्यालय र दश जोड दुई सञ्चालनमा आएका चार वटा माध्यामिक बिद्यालयमा अध्ययनरत ६०० हाराहारी बिद्यार्थी यो निर्णयबाट लाभान्वित वनेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “निशुल्क यातायता सेवाका लागि वडा र पालिकाले रु १४ लाख बजेट बिनियोजन गरेको छ ।” पालिका मार्फत यातायात छुट काड बितरण गरेर सुबिधा प्रदान गरिएको हो । यहि मंसिर १५ गतेबाट सेवा सञ्चालनमा आएको हो । यो निर्णयबाट बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरु समेत लाभान्बित वन्ने छन् । बृद्धबृद्धाहरुलाई यातायतामा ५० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई शत प्रतिशत छुट दिने निर्णय भएको छ ।

उहाँले भन्नुभयो “कार्यपालिका बैठकले लक्षित वर्ग यातायात सहुलियत सम्बन्धी कार्यविधी, २०७९ पारित गरि कार्यक्रम लागु गरेको हो ।” सार्वजनिक यातायताको पहुँच नपुग्ने बिद्यार्थीहरुलाई साइकलको व्यवस्था गर्ने तयारी गरिएको पालिकाले जनाएको छ । ढकालका अनुसार हनुमानझुलाका बिद्यार्थीहरुले साईकल प्राप्त गर्ने छन् । माध्यामिक शिक्षा अध्ययनका लागि पालिकाले चार वटा बिद्यालयलाई यस अघिनै स्कुल बस प्रदान गरेको थियो । माडी नगरपालिका भित्र भएका शिक्षण संस्थामा अध्ययन गर्ने बिद्यार्थीले सहुलियत पाउने छन् । घरबाट दश जोड दुई र क्याम्पसमा सार्बजनिक बसमा यात्रा गर्ने बिद्यार्थीले यो सुबिधा प्रयोग गर्न पाएका हुन ।

प्रतिक्रिया दिनुहोस !