चितवनः नेपाल रेडक्रश सोसाइटी चितवन शाखाको ५० औं साधारण सभा स्थगित भएको छ । स्थानीय प्रशासनको निर्देशनमा सभा स्थगित भएको हो ।
विगत एक महिना अहिले तय गरिएको साधारण सभा उद्घाटन हुनु अघि स्थगन गरिएको शाखामा मन्त्री हरि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार कार्यक्रमको तयारी सम्पन्न भए पछि कार्यक्रम रोकिएको हो । साधारण सभाको प्रमुख अतिथिलाई आमन्त्रण गर्ने क्रममा कार्यक्रम स्थगन गर्न निर्देशन भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “निमित्त प्रमुख जिल्ला अधिकारीले एक साता ÷१० दिनका लागि साधारण सभा स्थगन गर्नु पर्ने भयो भन्नुभयो ।” जिल्लाका राजनैतिक दलहरुले कार्यक्रम स्थगन गर्नका लागि जिल्ला प्रशासनलाई अनुरोध गरेको बुझिएको पौडेलले जानकारी दिनुभयो ।
एक वर्ष अघि हुनु पर्ने साधारण सभा बिभिन्न कारणले स्थगन हुँदै आएको थियो । यही माघमा अधिबेशनको तयारीमा रहेको शाखाको साधारण सभा स्थगन हुनुले रेडक्रश कर्मीमा नकारात्मक असर परेको उहाँले बताउनुभयो । साधारण सभा स्थगित गर्नु पर्ने कारण सहित सोसाईटिले लिखत पत्र माग गरेको उहाँले जानकारी दिनुभयो ।






