चितवनः नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आँफ्नो प्रधानमन्त्रीको दाबेदारी स्वभाबीक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले काङ्ग्रेसको नेतृत्वमा गठवन्धनको सरकार र त्यसको नेतृत्व आफुले पाउनु पर्ने स्वभाविक माग भएको बताउनुभएको हो ।
“गठवन्धनको बहुमत पुगेको छ । गठवन्धनको सरकार बन्छ । दलहरु बिच सल्लाहा हुँदै छ ।” उहाँले भन्नुभयो “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।”पार्टी भित्र सल्लाहा गरेर एक जना उम्मेदवार बनाउने उहाँले बताउनु भयो । आन्तरिक सल्लाहा हुन बाँकी रहको उहाँले बताउनुभयो ।
सबै साथी खुल्लानै हुनुहुन्छ उहाँले थप्नुभयो “सभापति र अरु साथीहरु पनि खुल्ला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्न गर्नुपर्ने मान्छे मै हो ।” पौडेलले भन्नुभयो “देउवा जीले मेरो प्रस्ताबलाई सहज रुपमानै लिनु भएको छ । सल्लाहा गरौला भन्नुभएको छ । सल्लाहा हुन्छ ।”
निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नुपर्नाको कारण टिकट बितरण नमिलेको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो “निर्वाचनमा गठवन्धनले टिकट बितरण नमिलाएकाले कतिपय ठाउँमा पराजित हुनु प¥यो ।” चितवन, कास्कि लगाएतका ठाउँमा टिकट वितरण नमिलेका कारण हार वेहोर्नु परेको उहाँको भनाई थियो ।
युवाको जोश र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने उहाँले बताउनुभयो । फरक शक्तिहरुको आगमनलाई उहााले गम्भिरता पूर्बक लिएको बताउनुभयो । उहाँले भन्नुभयो “नयाँ शक्तिको आगमन हाम्रा कमी कम्जोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।”






