चितवनः नेपाली काङ्ग्रेसकी नेतृ स्व. शैलजा आचार्यको स्मृति प्रतिष्ठानको नवनीर्मित केन्द्रीय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेतमा नीर्मित भवनको महिला, वालवालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले आज एक कार्यक्रममा बिच उद्घाटन गर्नुभएको हो ।
स्थानिय समाज सेबी राजेन्द्र प्रसाद अधिकारीले स्व.सरस्वती अधिकारीको सम्झनामा प्रदान गर्नुभएको १० धुर जग्गामा निर्माण गरिएको भवन रु ७० लाखको लागतमा वनाईएको हो । संघीय सरकारको रु ४० लाख र भरतपुर महानगरपालिकाको रु ३० लाखको लागतमा निर्माण गरिएको भवन एक तले रहेको छ । भवनमा एउटा सभाहल र दुईवटा कोठा रहेका छन् । एउटा कोठामा संग्रालय निर्माण गरिने छ । सोही अबसरमा स्व. आचार्यको अर्धकदको शालिक समेत अनावरण गरिएको छ ।
भवन उद्घाटन गर्दै मन्त्री रेग्मीले शैलजा आचार्यको आदर्श र सिद्धान्त प्रति प्रतिबद हुन नसक्दा राजनीतिमा बिचलन आएको बताउनुभयो । राजनैतिक रूपमा उहाँको आदर्श अहिले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
आफै हारेर पनि देशलाई जिताउन काङ्ग्रेस सधै तयार रहेको उहाँले बताउनुभयो। मंसिर ४ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उहाँले बताउनुभयो । गठवन्धन कायम रहने छ उहाँले भन्नुभयो “गठवन्धन लामो समय जान्छ । गठवन्धन नरहे देशमा समस्या उत्पन्न हुने देखिन्छ ।“ देशलाई निकास दिन सधै काङ्ग्रेस अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले स्व. आचार्यले नेपालको राजनीतिमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेस चितवनका उपसभापति राजिब न्यौपाने, बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य उत्तम जोशी, ट्रष्टकी नवलपरासी सुस्ता पश्चिमकी कोषाध्यक्ष रम्बा कुवँर, ट्रष्टका महासचिब पूर्ण प्रसाद गौडेल, भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, ट्रष्टकी बरिष्ठ उपाध्यक्ष पार्वती शाह ठकुरी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !