चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असुरक्षित महशुश गरि छाडेको चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनु भएको छ । शुक्रवार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार २३३ मतान्तरका साथ विजयी हुनुभएको हो । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिसपर्धी लोकतान्त्रीक वाम गठवन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका उम्मेद्वार डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता वरालले १४ हजार ८४२ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार २८० मत खसेको थियो ।
यस्तै चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल बिजयी हुनुभएको छ । उहाँ१५ हजार ४६१ मतका साथ बिजयी हुनु भएको छ भने उहाँका प्रतिसपर्धी राप्रपाकी रिना गुरुङ्ले १४ हजार ६१५ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेकी सरस्वती बिष्टले १० हजार १२४ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश अन्तरर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो ।






