
चितवनः प्रतिवन्धित लागु औषध सहित दुई जना भारतीय नागरिक पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको वाडापरेउवा वडा नम्बर १ का २८ बर्षिय राहुल शर्मा र २९ वर्षिय अजित कुमार साह रहेका छन् ।
उनीहरुलाई मंसिर ७ गते पक्राउ गरि आज सार्बजनिक गरिएको हो । मकवानपुरबाट चितवन आउँदै गरेको ना ५७ प २४६४ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा उनीहरुको साथबाट लागुऔषध डाईजेपाम ५४८ एमपुल, फेनारगन ५५० एमपुल र नोफिन ५५० एमपुल नियन्त्रणमा लिईएको छ । उनीहरुलाई लोथरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनालाई लागुऔषध ऐन अन्र्तगत म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितल जानकारी दिनुभयो ।