चितवनः नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा भारतीय ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ ÷५० वर्षिय पुरुष रहेका छन् । उनलाई आज बिहान २ः२० वजे HR55X1482 नम्बरकाे ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको शनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रक र चालक नियन्त्रणमा रहेका छन् ।






