चितवनः चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बिजयी हुनुभएको छ । उहाँ ३४ हजार २८१ मतान्तरले बिजयी हुनु भएको हो । उहाँले ४९ हजार २६६ म्त प्राप्त गर्दा प्रतिशपर्धी गठवन्धनबाट नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४हजार ९८३ मत प्राप्त गर्नु भयो ।
नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले १४ हजार ६ सय ४७ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका अन्य दुई निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाने छ ।






