चितवनः जिल्लाको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मतान्तर बढाउँदै लगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले ७ हजार ३९२ मतले अघि रहनु भएको छ ।
यस क्षेत्रमा २७ हजार ४९४ मत गणना गर्दा लामिछानेले १३ हजार ६४१ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका कृष्णभक्त पोख्रेलले ६ हजार २४९ मत प्राप्त गर्नु भएको छ । गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत प्रप्त गर्नु भएको छ ।
यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।
जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमानै मत गणना जरी रहेको छ । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १४ हजार २९९ मत प्राप्त गर्दै अग्र स्थानमा कायम राख्नु भएको छ । यस्तै गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका विश्वनाथ पौडेलले १० हजार ६२९ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत प्राप्त गर्नु भएको छ । यस क्षेत्रमा १ लाख ३९ हजार ८४५ जना मतदाता रहेका छन् । जस मध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।
पछिल्लो परिणाम अनुसार चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका बिक्रम पाण्डेले अग्रता कायम राख्नु भएको छ । उहाँले ९ हजार ९६९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ६ हजार ४६६ मत प्राप्त गर्नु भएको छ । गठवन्धनबाट उम्मेदवार वन्नुभएका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ६ हजार १६५ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोईरालाले ४ हजार १४७ मत प्राप्त गर्नु भएको छ । यो मत परिणाम बिहान ६ वजे सम्मको हो ।
सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा १ लाख ४४ हजार २८३ मतदाता छन् ।






