चितवनः जिल्लाका तीन निर्बाचन क्षेत्रको मत गणना जारी रहेको छ । पछिल्लो जानकारी अनुसार चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्र स्थानमा रहनु भएको छ । उहाँले ६ हजार ७६ मत प्राप्त गर्दा गठवन्धनबाट उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १ लाख ३९ हजार ८४५ जना मतदाता रहेका छन् । जस मध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।
यस्तै चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नु भएको छ । ९ हजार ५८० मत गणना गर्दा उहाँले ३ हजार ३३९ मत प्राप्त गर्नु भएको छ भने गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले २ हजार ८५६ मत प्राप्त गर्नु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले २ हजार ७९२ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर ३ मा राप्रपाका बिक्रम पाण्डेले अग्रता कायम राख्नु भएको छ । उहाँले ३ हजार ६२३ मत प्राप्त गर्दा गठवन्धनबाट उम्मेदवार वन्नुभएका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ३ हजार २८२ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पाटीकी जीता वरालले ३ हजार २७४ मत प्राप्त गर्नु भएको छ भने स्वातन्त्र उम्मेदवार दिनेश कोईरालाले २ हजार ७६६ मत प्राप्त गर्नु भएको छ । यस क्षेत्रमा हाल सम्म १३ हजार ८८२ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो मत परिणाम बिहान
निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस !